अब हामीलाई चुक्ने छुट छैनः प्रवक्ता रेग्मी
पाेखरा | पुस १, २०७९
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका प्रवक्ता बोधराज रेग्मीले अबको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुक्ने छुट नभएको बताएका छन् ।
पोखरामा संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपनि वा प्रतिपक्षमा बसेपनि संसद पुगेका २० जना माननीयहरुले जनमतको कदर गर्दै देश र जनताका पक्षमा काम गर्नुहुनेछ । हामी देश र जनताकै निम्ति राजनीतिमा होमिएका हौँ ।हामीलाई चुक्ने छुट छैन ।’
गण्डकी प्रदेशबाट प्रत्यक्षमा सिट प्राप्त नगरेपनि समानुपातिक बाट २ सिट पाएको र उहाँहरू गण्डकी प्रदेश केन्द्रीत रहने उनको भनाइ थियो ।
आगामी दिनमा गण्डकी प्रदेश समितिले छिटै नै गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा तहसम्म तहगत समिति निर्माण गर्ने , जनताका गुनासा हरेक पार्टी कार्यालयमा टिपाउन सकिने, सरकारी कार्यालयहरुमा नियमित रुपमा अनुगमन हुने, जनताका स–साना मुद्दालाई समेत समाधान गर्ने लगायतका कामहरू गरिने प्रवक्ता रेग्मीले जानकारी दिए ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

